केन्द्रीय संस्करण

साहित्यले समाजलाई सुधारको बाटोमा लैजान्छ : खनाल

person explore access_timeमाघ ४, २०७६ chat_bubble_outline0

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहित्यले समालाई सुधारको बाटोमा लैजाने बताएका छन् । 

नोबेल साकोस साहित्य प्रतिष्ठानले आयोजना गरेको कवि दिनानाथ पोखरेलका दुई कविता कृति ‘श्रद्धाञ्जलि’ र ‘मुटुभित्रको माटो’ लोकार्पण गर्दै उनले कला, साहित्य क्षेत्रको विकास बिना मुलुकको विकासले गति लिन नसक्ने बताए । “साहित्य समाजमा हुने राजनीतिक र आर्थिक व्यवस्थाको प्रतिविम्ब हो”, उनले भने, साहित्यकारले मुलुकको परिवर्तन र विकासमा पु¥याएको योगदान कहिल्यै बिर्सनु हुँदैन ।”

उनले साहित्यकारलाई आफूले प्रकाशन गरेको कृतिलाई देशका उच्च तहमा रहेको व्यक्तिले पाउने गरी वितरण गर्न आग्रह गरे । उनले साहित्यको व्यङ्ग्य र खबरदारीले शासन सत्तामा बस्नेलाई सचेत बनाउने भन्दै रचनात्मक खबरदारीको सधैँ आवश्यकता रहेको औँल्याए । 

लेखक पोखरेलले आध्यात्मिक र भौतिक दुवै दर्शनका कविता कृतिमा समावेश गरिएको बताउनुभयो । प्राज्ञ देवी नेपालले पोखरेलका छन्दमा सिर्जना गरिएका कृतिले सिक्दै गरेका कविलाई ज्ञान प्रदान गर्ने बताए । प्रा डा राजेन्द्र सुवदी, डा गार्गी शर्मा, प्राज्ञ नन्दु उप्रेती, प्रतिष्ठानका अध्यक्ष सरस्वती गौतम, राजन न्यौपानेलगायतले मन्तव्य राखेका थिए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...