शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनुवाद सरल र सम्प्रेषणीय हुनुपर्नेमा जोड

शनिबार, ०४ माघ २०७६, २१ : ५१
शनिबार, ०४ माघ २०७६

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले ‘पठन अवरोधन र नयाँ ज्ञानको सेतु सांस्कृतिक अनुवाद ः केही दृष्टान्त एवं परिचर्चा’ विषयक अनुवादसम्बन्धी विचारगोष्ठी सम्पन्न गरेको छ ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अनुवाद सरल र सम्प्रेषणीय हुनुपर्नेमा जोड दिए । उनले अनुवादले नै एक भाषाबाट अर्को भाषालाई जोड्ने भएको हुँदा त्यो सम्प्रेषणीय हुनैपर्ने जिकिर गरे । 
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यमा अनुवादको अपरिहार्यतामाथि जोड दिँदै विश्वका विभिन्न भाषाका साहित्यलाई नेपाली भाषामा अनुवाद गर्ने कार्यमा प्रज्ञा–प्रतिष्ठानले प्राथमिकता दिएको बताए। उनले भने, “अनुवाद गर्नका लागि अनुवाद कला चाहिन्छ, यसका लागि कसरी उत्कृष्ट अनुवाद गर्ने भनेर अनुवादकले विचार पु¥याउनुपर्ने हुन्छ ।”

प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्यायले अहिलेको समय अनुवादको समय भएको उल्लेख गर्दै विना अनुवाद साहित्यको अन्तर्राष्ट्रियकरण हुन नसक्ने विचार व्यक्त गरे । प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग प्रमुख एवं कार्यक्रमका संयोजक प्रा डा उषा ठाकुरले विश्वका विभिन्न भाषा बोल्ने मानिससँग भावानात्मक र भाषिक सम्बन्ध सम्प्रेषणीय ढङ्गले गाँस्ने सेतु अनुवाद भएको बताइन् । 

गोष्ठीका सभापति प्रा डा अभि सुवेदीले अनुवाद स्वतन्त्र हुनुपर्ने उल्लेख गर्दै आफूले अहिलेसम्म सबैभन्दा राम्रा अनुवादक भानुभक्त आचार्यलाई पाएको बताए । गोष्ठीमा प्रा डा गोविन्दराज भट्टराईले ‘पठन अवरोधन र नयाँ ज्ञानको सेतु सांस्कृतिक अनुवाद ः केही दृष्टान्त एवं परिचर्चा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।प्रा डा भट्टराईको कार्यपत्रमाथि बलराम अधिकारीले समीक्षा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप