लिबियासम्वन्धी सम्मेलनअघि पुटिन र मर्केलबीच टेलिफोन वार्ता
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीकी चान्सलर एञ्जेला मर्केलबीच शुक्रबार कुराकानी भएको छ ।
टेलिफोन कुराकानीका क्रममा पुटिनले जर्मनीको राजधानी बर्लिनमा हुने लिबियासम्वन्धी सम्मेलनमा सहभागी हुन आइतबार आउने जानकारी मर्केललाई दिएका थिए ।
रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनद्वारा जारी वक्तव्यमा दुई नेताका बीचमा अन्य विविध विषयमा पनि कुराकानी भएको उल्लेख गरिएको छ ।
लिबियामा जारी द्वन्द्व अन्यका लागि द्वन्द्वरत पक्षलाई वार्तामा ल्याएर राजनीतिक रुपमा समस्या समाधान गर्न सकिने विश्वास पनि उनीहरुले व्यक्त गरेका छन् ।
सम्मेलनमा भएको छलफलका आधारमा दस्तावेज बनाएर राखिने वक्तव्यमा उल्लेख गरिएको छ । सम्मेलनमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन र संयुक्त अरब इमिरेट्स ९युएई०, टर्की, गणतन्त्र कंगो, इटाली, इजिप्ट र अल्जेरियाका प्रतिनिधिहरु सहभागी हुनेछन् ।
त्यसैगरी संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अफ्रिकन युनियन र अरब लिगलगायतका संघ संस्थाका प्रतिनिधिहरु पनि सम्मेलनमा सहभागी हुने जर्मनीका सरकारी अधिकारीहरुले जारी गरेको वक्तव्यमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !