शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भलिबलमा एपीएफ र आर्मी विजयी

शनिबार, ०४ माघ २०७६, २० : १०
शनिबार, ०४ माघ २०७६

काठमाडौं । आरबीबी एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपमा शनिबार विभागीय टोली नेपाल एपीएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा भएको महिलातर्फको खेलमा एपीएफले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले २५–४, २५–८, २५–८ को जित निकाल्यो । जितसँगै एपीएफले तीन अंक बनाएको छ । 

महिलातर्फकै अर्को खेलमा आर्मीले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० कै सोझो सेटमा पराजित ग¥यो । आर्मीले भरतपुरलाई २५–८, २५–२०, २५–१० ले पराजित गर्याे ।
पुरुषतर्फको खेलमा नयाँबजार सामाजिक युवा क्लबले आरजी भलिबल ग्रुपलाई २५–२०, २५–१६, २५–१८ ले पराजित गर्दै तीन अंक बटुल्यो । च्याम्पियनसिपमा नयाँ बजारले पहिलो जित हो । आरजी ग्रुपले भने लगातार दोस्रो हार खेपेको छ । 

अर्को खेलमा नेपाल पुलिस क्लबले पार्वती भलिबल क्लबबाट वाकओभर पायो । प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउने छन् । 

महिला र पुरुषतर्फका सर्वोकृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने छन् । विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ सात टोली सहभागी छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप