मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण घुम्न गएका ४ चिनियाँ पर्यटक मनाङमा हराए

शनिबार, ०४ माघ २०७६, १८ : ०३
शनिबार, ०४ माघ २०७६

पोखरा । अन्नपूर्ण पदयात्रामा हिँडेका चार चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन् ।  थोरङ भन्ज्याङ हुँदै मुस्ताङ निस्कने क्रममा उनीहरु हिमपातको कारण मनाङमा हराएको प्रहरीले जनाएको छ ।

‘बिहीबारदेखि परेको हिमपातका कारण सम्पर्क बाहिर हुनुहुन्छ,’ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले भने, ‘मनाङ निस्याङ गाउँपालिका ९ स्थित अन्नपूर्ण संरक्षण क्षेत्र (क्याप) चेकपोस्टमा पुस २७ गते अनुमति लिएर जानु भएको थियो ।’ मनाङदेखि निस्केका उनीहरु थोरङ भन्ज्याङ भने नकटेको प्रहरीको अनुमान छ ।

हराउँनेमा २ महिला र २ पुरुष छन् । हराएका ४ पर्यटकमध्ये पासपोर्ट नम्बर ईजी ११२९६२ भएकी ह्वाङ यिविन र ईओ ५२५६४८० पासपोर्ट नम्बरकी छाथ स्याउ थिङ हुन् । यिनीहरु दुवै महिला हुन् । त्यसैगरी ईसी ३४६७१० पासपोर्ट नम्बरका मा छ्यानली र ई ६६८७००५ पासपोर्ट नम्बरका आनत चात रहेको प्रहरीले बताएको छ ।

उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप