मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् : मन्त्री भट्ट
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् रहेको बताएका छन् ।
उनले भने, “भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ । हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी रहेको छ ।”
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक ब्रह्माकुमार बाबाको ५१ औँ स्मृति दिवसका अवसरमा आज आयोजित श्रद्धाञ्जलिसभामा उनले नकारात्मक चेतनाले विकास र समृद्धि आउन नसक्ने बताए ।
पूर्वमन्त्री भीमसेनदास प्रधानले स्वार्थपूर्ति गर्ने व्यवसायका रुपमा राजनीति विकसित हुँदै गएकोमा चिन्ता प्रकट गरे ।
केन्द्रले अहिले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी रुपमा कार्यक्रमसमेत गरिरहेको छ । उक्त अवसरमा योगाभ्यासका साथै मौन ध्यान–योग कार्यक्रमसमेत गरिरहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौँद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी