मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

१ करोड चोरीको घटनामा काँग्रेस निकट दलित संघका नेता पक्राउ

शनिबार, ०४ माघ २०७६, १७ : ५०
शनिबार, ०४ माघ २०७६

काठमाडौँ । १ करोड ३ लाख चारीको घटनामा नेपाली काँग्रेस निकट दलित संघका केन्द्रीय सदस्य समेतको संलग्नता घेटिएको छ । भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको १ करोड ३ लाख रुपैयाँ पुस २९ गतेकैलाली प्रहरीले बरामद गरेको  थियो ।

प्रहरी स्रोतका अनुसार शनिबार उक्त घटनामा संलग्न भएको आंशकामा दलित संघका केन्द्रीय सदस्य पदम नेपाली पक्राउ परेको छन् । तर, दलित संघको केन्द्रीय अध्यक्ष मिनबहादुर विश्वकर्माले भने नेपाली केन्द्रीय सदस्य नरहेको बताए ।

यसअघि सोही घटनामा बाजुरा बूढीगङ्गा नगरपालिका–१, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापालाई प्रहरीले पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार जहरसिंह र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए ।


मंसिर ४ गते नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट उनीहरूले उक्त रकम चोरी गरेर फरार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बस्नेतले बताए । चोरी भएको रकमबारे भारतीय राजदूतमार्फत नेपाल प्रहरीलाई पत्रमार्फत जानकारी गराइएको थियो ।

सोही आधारमा कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्डो खनेर टिनको बाकस गाडिएको अवस्थामा रकम फेला परेको हो । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप