बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मुखियाको नाती’बजारमा

शनिबार, ०४ माघ २०७६, १७ : ४०
शनिबार, ०४ माघ २०७६

सुखी थियो खुशी थियो मुखियाको नाती,
गाउँ घरमा इज्जत थियो सबै भन्दामाथी
मुखियाको नाती भन्दै सब्ले ठोक्थे सलाम
हिजो हीरा थियो बरै आजभयो फलाम
नखेल जुवा र तास, धनको नास जीवनको बनीबास 

समाजमा जुवातासको कुलतले धेरैको उठीबास लागेको पाउन सकिन्छ । पैसाजित्ने लोभमा तासको लतमा फसेपछि मानिस सहजै उम्कन सक्दैनन् । कोही जितेर मालमाल हुन्छन् त कोही घरबासै नरहने गरी पछारिन्छन् । तास खेल्ने धन सकिएपछि सम्पत्तिलाई समेत खालमा राख्नपछि पर्दैनन् । जुवातासकै कारण धन रित्याउँछन्, सम्पत्ति सिध्याउँछन् । सबै सकिएपछि कतिपयले मानसिक सुन्तुलन गुमाउछन् वा डिप्रेसनको शिकार बन्न पुग्छन् । चरम तनावका कारण कोही आत्महत्या गर्ने मनस्थितिमा समेत पुग्ने गर्छन् । 

जुवातासले सिर्जित गरेको कहालीलाग्दो परिस्थितिलाई कलाकार नकुल ढकालले ‘मुखियाको नाती’बोलको गीतमार्फत उजार गर्नुभएको छ । मुखियाको नाती जुवा, तासको लतमा फसेपछि भएभरको सम्पत्ति सक्छन् । अन्तिममा श्रीमतीलाई पनि तासको खालमा थाप्छन् र श्रीमती पनि गुमाउन पुग्छन् । त्यसपछि उनले मानसिक सन्तुलन गुमाउँछन्, बेवारिसे हुन्छन्, बाउआमा उनैको पिरले स्वर्गवास हुन्छन् । पसलमा पाउरोटी चोरर भाग्दै गर्दा उनलाई गाडीले ठक्कर दिन्छ र मुखियाको नातीको मृत्यु हुन्छ । 

गीतमा चर्चित गायक तथा सङ्गीतकार वसन्त थापा, नकुल ढकाल र अमृत विश्वकर्माले स्वर दिनुभएको छ  । शव्द नकुल आफैले लेख्नु भएको छ भने लय धु्रव जिसीले सिर्जना गर्नुभएको छ । नकुलले नै मुखियाको नातीको भूमिकामा अभिनय गर्नुभएको छ ।

  मुखियाको नातीको जुवा दैनिकी र जुवाले रित्तिएपछिको पीडादायी अवस्थाका बारेमा गाइनेका रुपमा चौतारोमा बसेर सुरवीर पण्डितले बेली विस्तार गर्नुहुन्छ । भिडियोमा दिपा पौडेल, रवी कार्की, अमित विश्वकर्मा, खेम केसी, माया गिरी, बुद्धि खनाल, राजु कुमालले अभिनय गर्नुभएको छ । गीतको सङ्गीत संयोजन र निर्देशन तारानाथ आचार्यले गर्नुभएको छ । डिजिटल स्टार रेकर्डिङले गीतलाई बजारमा ल्याएको छ । 

नखेल जुवा र तास धनको नास जीवनको बनिबास यो वर्षौ पहिलेदेखि सुन्दै आएको भाका हो । यसको सिर्जना पदमलक्ष्मी श्रेष्ठ, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, गणेश रसिक र हिरण्य भोजपुरेले गर्नुभएको थियो । पुरानो भाकाको केही अंशमा नयाँ भाका र शब्द थपेर गीतलाई नयाँपन दिइएको छ । गीत मर्मस्पर्शी बनाइएको छ । 

    प्रायः माया, प्रेम र पञ्चेबाजाका गीत गाउने थापाले समाजलाई चेतना प्रदान गर्ने सन्देशमूलक गीत गाउन पाउँदा खुशी लागेको बताउनुभयो । आफैले सङ्गीत गरेर गीत गाउने थापाले यस पटक अरुको सङ्गीतमा गीत गाउनुभएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप