शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माघ ११ गते रत्ननगरमा राष्ट्रिय म्याराथोन हुने

शनिबार, ०४ माघ २०७६, १७ : १८
शनिबार, ०४ माघ २०७६

चितवन। नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय म्याराथोन प्रतियोगिता २०२० आयोजना हुने भएको छ । रोटरी क्लब अफ रत्ननगरले यही माघ ११ गते सो प्रतियोगिता गर्न लागिएको आज  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष बिपिन पोख्रेलले राप्ती नगरपालिकाको भण्डामारादेखि शुरु भई रत्ननगरको स्टार बैङ्क्युट होटलमा आएर सम्पन्न हुने जानकारी दिए । मिनी म्याराथोन १५ किलोमिटर दूरीको रहनेछ । 
 विभागीय समूह नेपाल आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी सहित चेपाङ गरी तीनसयभन्दा  धावकको सहभागिता रहने छ । म्याराथोनमा सहभागिता जनाउनका लागि रत्ननगरमा रहेको होटल स्टार बैङ्क्युटमा रहेको सचिवालयमा नाम दर्ता गराउन सकिनेछ । 
 सहभागिता जनाउनका लागि धावकहरुले अनलाइनमार्फत समेत नाम दर्ता गर्न सक्नेछन् । नाम दर्ता गर्नका लागि माघ ८ गतेसम्मको समय तोकिएको उनले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले रु १५ हजार नगदसहित चाँदीको मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता पूरा गर्ने महिला धावकलाई नगद रु पाँच हजारले सम्मान गरिनेछ । प्रतियोगिताको रोटरी ३२९२ का गभर्नर किरणलाल श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
रोटरी क्लब अफ रत्ननगरले यसअघि रोटरी पुस्तकालय, शहीद स्मृति पुस्तकालय, लटौली खाजा तथा लघुवित्त कार्यक्रमको सञ्चालन, रोटरी सार्वजनिक शौचालय निर्माण, बृहत् रक्तदान कार्यक्रम जस्ता सामाजिक काम गर्दै आएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै क्लबले सौराहामा रोटरी घण्टाघरको निर्माणको कामसमेत शुरु गरेको क्लबका निवर्तमान  अध्यक्ष जनक पौडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप