शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जावलाखेलविरुद्ध पुलिस विजयी

शनिबार, ०४ माघ २०७६, १४ : ५४
शनिबार, ०४ माघ २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । 

सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसले जाउलाखेल युथ क्लबलाई २–० गोलले हरायो । पुलिसको जितमा सौजन राई र सुमन सुवेदीले एक एक गोल गरे । 

पुलिसले २७औं मिनेटमा सौजनको गोलका अग्रता लिएको थियो । ४८औं मिनेटमा सुनमले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा पुलिस सजिलै विजयी भयो ।

 पुलिसविद्ध जाउलाखेलले गोल गर्न लायक अवसर बनाउन सकेन । पुलिसका सौजन राई म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै पुलिस सात खेलबाट ११ अंक बनाएको पुलिस चौथो स्थानमा उक्लिएको छ । नौ अंक बनाएको जाउलाखेल छैटौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप