बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किलीङ किस : जब चितुवाले हरिणको बच्चालाई आमाले जस्तै माया गर्‍यो र मारिदियो

शनिबार, ०४ माघ २०७६, १२ : ५६
शनिबार, ०४ माघ २०७६

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा १९ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको क्रुगर नेशनल पार्कमा २६ वर्षीय फोटोग्राफर रेन्जर रेनार्ड मुलम्यानले पोथी चितुवाको तस्बिर क्यामेरामा कैद गरे । उक्त चितुवाले हरिणको बच्चालाई मार्नुअघि खेलेको तस्बिर उनले क्यामेरामा कैद गर्न भ्याएका छन् । 

उक्त चितुवाले बच्चा हरिणसँग सुरुमा साथी जस्तो व्यवहार गर्छे र माया दिन्छे । आमाले जस्तै उसलाई खेलाइरही तर करिब एक घण्टापछि उक्त बच्चा हरिण भाग्नुभन्दा पहिले मारिदिइ ।

यो घटनाको बारेमा बाहिरिएको तस्बिरमा चितुवाले हरिणको बच्चाको निधारमा चुमेको देख्न सकिन्छ । उसले कहिले खेलाउँदै उक्त हरिणको बच्चाको खुट्टा आफ्नो मुखमा राखेकी छे । कहिले गर्दनलाई मायाले सुम्सुम्याएजस्तो देखिन्छ । 

मुलम्यानका अनुसार चितुवाले उक्त हरिणको बच्चालाई खेलाई खेलाई मारेको दृश्य र हरिणको बच्चाको चिच्याहट निकै पीडादायी थियो । ‘हरिणको बच्चालाई नजिकैबाट उनको आमाले कराउँदै बोलाएको देख्दा लाग्थ्यो कि हरिणले बच्चालाई सतर्क गराइरहेको थियो ।’ फोटोग्राफर मुलम्यानले सुनाए । 

फोटोग्राफर मुलम्यानले त्यसलाई प्रकृतिको नियम भएको भन्दै केही गर्न नसकिने उल्लेख गर्छन् ।  

मुलम्यानले भने, ‘एक दिन बिहानै मैले हरिणको बच्चासँग खेलिरहेको चितुवालाई देखेँ । शुरुवातमा एकै झट्कामा मारिदिन्छे तर चितुवाको व्यवहार देखेर मलाई झट्का लाग्यो । तर उसले आमाले जस्तै खेलाइरह्यो । तर बच्चा हरिण भाग्न खोज्थ्यो । जब हरिण भाग्न खोज्थ्यो चितुवा फेरि समाएर नजिकै राख्यो । यसैबीच बारम्बार भाग्ने र समात्ने क्रमपछि चितुवाले हरिणलाई मारिदियो । यो सबै घटना आमा हरिण हेरेर बसिरहेको थियो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप