शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङ र थ्रीस्टारको बुहचर्चित भिडन्त आज

शनिबार, ०४ माघ २०७६, १० : ३०
शनिबार, ०४ माघ २०७६

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लबबीचको बुहचर्चित भिडन्त आज (शनिबार) दशरथ रंगशालामा हुँदैछ । लिगको सातौं चरण चल्दै गर्दा गणितिय समिकरणले पनि लिगलाई रोचक बनाएको छ ।

यसअघि शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लब सुक्रबार कमजोर टोली हिमालयन शेर्पा क्लबसँग पराजित भएपछि उपाधि होड अझै रोचक बनेको छ । अहिले उपाधिको दौडमा आर्मी, मच्छिन्द्र, मनाङ र थ्रीस्टार नै देखिएका छन् । त्यसैले पनि मनाङ र थ्रीस्टारबीचको खेल रोचक हुने अनुमान गरिएको छ ।  

पूराना र नयाँ खेलाडको समश्रिण रहेको मनाङ औसतक प्रदर्शन गरिरहेको छ । विगतको तुलनामा केही कमजोर देखिएको थ्रीस्टारले मनाङविरुद्धको खेलमा तीनजना नयाँ खेलाडी उतार्न लागेको छ । थ्रीस्टारले भारतका लाल रम्बाविया, नेपालका संजोक राई र निशान खड्कालाई अनुबन्ध गरेको छ ।

संजोक र निशानले गत बर्ष च्यासलबाट खेलेका थिए । खेलकै क्रममा दुई खेलाडीले झापा ११ बाट मोफसलका खेल खेलेका कारण यी दुई खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६ महिना प्रतिबन्धको कारबाही गरेको थियो । नयाँ खेलाडीको आगमनले पनि थ्रीस्टार उत्साही बनेको छ । मनाङ र थ्रीस्टारको योजना स्पस्ट जित निकाल्दै शीर्ष स्थान ओगट्नु रहेको छ ।

मनाङ अहिले ६ खेलबाट १२ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । १० अंक बनाएको थ्रीस्टार चोथो स्थानमा छ । आजको खेल जुन टोलीले जित्छ उसले शीर्ष स्थान कब्जा गर्नेछ । हाल शीर्ष स्थानमा रहेको आर्मी र मच्छिन्द्रको समान १३ अंक छ । मच्छिन्द्र गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । आजै दिनको १२ः०० बजे हुने पहिलो खेलमा जाउलाखेल युथ र नेपाल पुलिस क्लब भिड्दैछन् । यस खेल एन्फा कम्प्लेक्समा हुनेछ । अहिले नौ अंक बनाएको जाउलाखेल पाँचौं स्थानमा छ । आठ अंक बनाएको पुलिस सातौ स्थानमा छ । दुवै टोली जित निकाल्दै तालिकामा सुधार गर्ने लक्ष्यमा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप