बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

इरानका सर्वोच्च नेतालाई ट्रम्पले चेतावनी दिदैं भने– बोल्दा होस पुर्‍याउनु

शनिबार, ०४ माघ २०७६, ०९ : ४७
शनिबार, ०४ माघ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खमेनिईलाई आफ्नो भाषामा सतर्क रहन चेतावनी दिएका छन् । 

ट्रम्पले शुक्रबार ट्वीट गर्दै लेखेका छन् ,‘इरानका तथाकथित ‘सर्वोच्च नेता’ जो हिजोआज सर्वोच्च रहेनन् , उनले अमेरिका र युरोपको बारेमा केही तल्लोस्तरको कुरा भनेका छन् । उनको देशको अर्थव्यवस्था बिग्रिरहेको छ, उनका जनता दुःख पाइरहेका छन् यसमा उनले आफ्नो बोलीबचनमा होस पु¥याउनुपर्छ ।’

ट्रम्पको यो ट्वीट खमेनिईलाई शुक्रबारको भाषणपछि आएको हो । आफ्नो भाषणमा खमेनीईले युक्रेनमा यात्रु विमान ‘गलती’ले खसाएकोमा आफ्नो सेनाको प्रतिरक्षा गरेका थिए । 

उनले भने ,‘ यो दुर्घटनाबाट हामी दुःखी भइरहदाँ हाम्रा शत्रु निक्कै खुसी छन् । तिनको खुसी रिभोलुसनरी गार्ड र हाम्रो सेनामाथि प्रश्न उठाउन ठाँउ पाएकोमा हो । ’

शत्रु भनेर खमेनीईले अमेरिका र उसको मित्र देशतर्फ संकेत गरेका थिए । अमेरिकाले केही अघि इरानका शिर्ष सैन्य कमाण्डरको हत्या गरेपछि दुई देशबीच तनाव बढेको छ । 

अमेरिकाले इरानको कुद्स फौजका प्रमुख जनरल कासिम सुलेमानीलाई इराकमा बग्दाद विमानस्थलबाहिर एक ड्रोन आक्रमण गरेर मारेको थियो । यसपछि दुईदेशबीच तनाव बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप