शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ नेहा कक्कड र आदित्यनारायण झाको विवाहको वास्तविकता

शनिबार, ०४ माघ २०७६, ०८ : ०८
शनिबार, ०४ माघ २०७६

नेपाली गायक उदितनारायण झाका छोरा आदित्यनारायण झाको विवाह तय भएको छ । उनको टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल –११’ को सेटमा गायिका नेहा कक्कडसँग विवाह तय भएको हो । 

पछिल्लो आइडलको एउटा एपिसोडमा नेहा र आदित्यका आमाबुबा आएर उनीहरुको विवाह तय भएको घोषणा गरेका थिए । आमालाई देखेर नेहा आश्चर्यमा परिन् भने आदित्य सेटमा खुशीले नाचेँ । 

आमालाई देखेर नेहाले सोधिन्, ‘यहाँ के भइरहेछ ? ’ उत्तर दिँदै आमाले भनिन्, ‘हामीले तिम्रो विवाह आदित्यसँग तय गरेका छौं। मलाई यो केटा राम्रो लाग्छ।’ सोमा आदित्यकी आमा पनि उपस्थित थिइन्। उनले नेहासँग भनिन्, ‘हामी तिमीलाई धेरै माया गर्छौं र तिम्रो फ्यान पनि हौं।’

सोमा दुवैको विवाह तय गर्न पुगेका उदितनारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाह गराउन आएका हौं।’ त्यसपछि आदित्य स्टेजमा नाच्न थाले। नेहासँगै रहेका दुवै जज हिमेश रेशमिया र विशाल ददलानीले खुसी व्यक्त गरे। हिमेशले भने, ‘१४ फेब्रुअरीमा विवाह गर्ने भए १ फेब्रुअरीमा मेहन्दीको आयोजन होस्।’

यो एक झलक साच्चै विवाह गर्ने घोषणा हो वा नाटक मात्रै हो त्यो भने खुलाइएको छैन । यद्यपि, यसअघि पनि नेहा र आदित्यको सम्बन्धलाई लिएर चर्चा भइरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप