कोलम्बोमा निजी हेलिकप्टर उडानमा २५ बर्षपछि प्रतिबन्ध हटाइयो
एजेन्सी । पर्यटन प्रवद्र्धन गर्न श्रीलङ्काका राष्ट्रपति गोताबाया राजपाक्षेले शुक्रबार राजधानी कोलम्बोको मध्यभागबाट निजी अपरेटरहरूले हेलिकोप्टर उडानको संचालनमा २५ बर्षे प्रतिबन्ध हटाएको घोषणा गरेका छन् ।
श्रीलङ्काको नागरिक उड्ययन प्राधिकरणका अनुसार अब उप्रान्त श्रीलङ्काका निजी हेलीकोप्टर पनि रक्षा मन्त्रालयको अधिनमा रहेको ‘गेल फेस’बाट उडान भर्न वा अवतरण गर्न पाउने छन् ।
सुरूमा यसका लागि सरकारले प्रमुख चार विमान कम्पनीले पुनः सेवा सञ्चालन गर्ने बताइएको छ ।
‘हामीले यस अबसरका लागि लामो समयदेखि पर्खिरहेका थियौँ,’ स्काइलार्क उड्यन सेवा कम्पनीका सञ्चालन व्यवस्थापक क्याप्टेन रवि धर्माविक्रमाले भने । यो श्रीलङ्काको उड्ययन इतिहासमा एउटा प्रमुख उपलब्धि हो ।
‘निजी विमान कम्पनीलाई दिइएको यस अनुमतिले हामीले देशको पर्यटन र अर्थतन्त्रमा थप टेवा पु¥याउन सक्नेछौँ ।’ उनले भने, ‘श्रीलङ्का आउने धेरै खर्च गर्नसक्ने पर्यटकको चाहना छोटो समयमा प्रमुख पर्यटकीयस्थलमा पुग्ने र त्यहाँका मनोरम दृश्यको आनन्द लिने रहने गरेको थियो । तर निजी विमानले अवतरण वा उडान गर्नका लागि स्थान नै नपाउँदा यो सेवा दिन निजी विमान सेवा प्रदायकलाई सम्भव थिएन ।’
श्रीलङ्काले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ भने सन् २०२५ सम्म यो सङ्ख्यालाई एक करोड पु¥याउने महत्वाकांक्षी योजना ल्याएको छ ।
“गत वर्ष श्रीलङ्कामा १९ लाख पर्यटक भित्रिएका थिए भने डिसेम्बरमा मात्र दुई लाख ४० हजार पर्यटक त्यहाँ पुगेका थिए,”श्रीलङ्काको पर्यटन विकास प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
सन् २०२० मा भारत, चीन, बेलायत, रूस र अष्ट्रेलिया पर्यटनका लागि श्रीलङ्काका पुग्ने प्रमुख पाँच मुलुक रहेका छन् भने चीनबाट एक लाख ६७ हजार पर्यटक त्यहाँ पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाले सहकारी विभागमा मनोनयन गरे १० सदस्य
-
प्रथम नेशनल हर्टिकल्चर एक्स्पो सुरु
-
एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
-
हावाबाट हजारौँ क्षेत्रफलसम्म फैलने ‘टीटीकेटीटी’ रोग : गहुँ बालीलाई कसरी जोगाउने ?
-
आईपीएलमा आज : नौ वर्षपछि घरेलु मैदानमा कोलकातालाई हराउने धुनमा बैंगलुरु
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता