काठमाडौँमा २४ घण्टा वर्षा
काठमाडौं । काठमाडौँमा विगत २४ घण्टा निरन्तर वर्षा भएको छ । बिहीबार साँझदेखिको निरन्तर वर्षा आज अबेर साँझ रोकिएको छ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भएको हो ।
मौसमी प्रणालीले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४८ मिलिमिटर वर्षा भएको छ ।
मौसमविद् सजिना शाक्यले शुक्रबार रातिसम्म पश्चिमी न्यून चापीय प्रणाली कमजोर भई शनिबारदेखि मौसममा क्रमिक सुधार आउने बताउनुभयो । आज वीरेन्द्रनगरमा ६०, धनगढीमा ३८, डडेलधुरामा २२, भैरहवामा ४१, दाङमा २०, पोखरामा २६ र नेपालगञ्जमा १० मिलिमिटर वर्षा भएको महाशखाले जनाएको छ । काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम नौ डिग्री सेल्सियस रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना