शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटन बर्ष सफल पार्न सम्पदा संरक्षणमा जोड

शुक्रबार, ०३ माघ २०७६, २० : ५४
शुक्रबार, ०३ माघ २०७६

काठमाडौं । सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाइरहेका बेला पर्यटक आकर्षण गर्न सम्पदा संरक्षण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार सकारात्मक विकास सञ्चार केन्द्रले काठमाडौंमा गरेको सम्पदा संरक्षणमा नागरिकको भूमिकाबारे अन्तक्र्रिया तथा सम्मान कार्यक्रममा प्राध्यापक एवं साहित्यकार रमेश शुभेच्छुले पर्यटकलाई आकर्षित गर्ने महत्वपूर्ण माध्यम सांस्कृतिक सम्पदा रहेकोले यसको संरक्षणमा ध्यान दिन आग्रह गरेका छन् । 

कार्यक्रममा सांस्कृतिक सम्पदा संरक्षणबारे कार्यपत्र प्रस्तुत गरेका शुभेच्छुले मूर्त, अमूर्त र अभिलेखात्मक सम्पदा संरक्षणका लागि केन्द्र, प्रदेश देखि स्थानीय सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए । 
विश्वमा ७ सय हाराहारी सम्पदा क्षेत्रलाई यूनेश्कोले विश्व सम्पदा सूचीमा राखेको मध्ये नेपाल मात्रैको १० वटा पर्नु महत्वपूर्ण भएको उल्लेख गरे । नेपालका थप १५ वटा सम्पदालाई विश्वसम्पदा सूचीमा राख्न प्रस्ताव गरेपनि भूकम्पपछिको पुनर्निर्माणमा गरिएको ढिलाईका कारण असफल भएको उनको भनाई थियो । 

धर्म, परम्परा, चाडपर्व, तिथि, व्रत जस्ता अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा पछिल्लो पुस्ता उदासिन बन्दै गएको बताउदै उनले मौलिक सम्पदा जोगाउन नागरिकको महत्वपूर्ण भूमिका हुने बताए । 
डोजोर, स्काभेटर, सिमेन्ट, रड गाउँ पसेपछि गाउँघरको मौैलिक सांस्कृतिक सम्पदामा हानी पुगेको भन्दै उनले नीति निर्माताहरुले यसबारेमा सोच्नुपर्नेमा जोड दिए । गाउँधरमा धारा, कुवा, चौतारी। पार्टी पौवाका जग्गा सवै चपेटामा परेको उल्लेख गरे । 

नाटक, मेला, पर्व, नृत्य, हाट जस्ता हाम्रा प्राचिनकालीन सम्पदालाई जोगाउन सरकार र नागरिकको उत्तिकै भूमिका रहेको बताउदै मौलिक भाषा, लिपि संरक्षण गर्न सबै लाग्नुपर्नेमा उनको जोड थियो । 
कार्यक्रममा चक्रपथ सफाई अभियानका अभियन्ता एवं हाँस्य कलाकार श्रीकृष्ण सिंखडाले सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने बताए ।

कार्यक्रमका अध्यक्ष भीम लामाले पत्रकारिताको माध्यमबाट सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनका लागि प्रेरित गर्नका लागि सोही क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गरिएको उल्लेख गरे । 
कार्यक्रममा पर्यटन तथा सांस्कृतिक सम्पदा संरक्षणमा कमल चलाउने ३ जना पत्रकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा कान्तिपुर दैनिकका प्रशान्त माली, योहो टिभीका विक्रम श्रेष्ठ र रातोपाटी डटकमका शम्भु दंगाललाई सम्मान गरिएको थियो । 

बौद्ध क्षेत्र विकास समिति र सकारात्मक विकास सञ्चार केन्द्रले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप