शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण बेसक्याम्प अत्याधिक हिमपात:  ४ जना कोरियाली नागरिक सम्पर्कबिहीन

शुक्रबार, ०३ माघ २०७६, १९ : ०६
शुक्रबार, ०३ माघ २०७६

पोखरा । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका ४ जना कोरियाली सम्पर्क बाहिर गएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बेसक्याम्प घुम्न गएका ९ जना कोरियाली नागरिकको टिममध्ये ५ जनालाई जिवितै उद्दार गरिएको छ । 

अत्यधिक हिमपातका कारण बाँकी ४ जना हराएको हुन सक्ने प्रहरी अनुमान छ । ट्राभल नेट भन्ने संस्थाबाट पाएको जानकारी अनुसार बेसक्याम्पमा गएका ९ कोरियाली नागरिक मध्ये ४ जना सम्पर्क बाहिर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए । ‘मोबाइलमा चार्ज सकिएर पनि सम्पर्क हुन नसकेको हुनुपर्छ,’ उनले भने, ‘हामीलाई प्राप्त सूचनाअनुसार बेसक्याम्प घुम्न गएका ९ जनामध्ये ५ जनाको उद्दार भइसकेको छ ।’ 

चिसोका कारण उद्दार हुन कठिनाई परेको उनको भनाई छ । कोरियाली ९ सहित नेपाली नागरिक पनि उक्त टिम सहभागी हुन सक्ने उनको अनुमान छ । थप विवरण आउन भने बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप