बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कृष्णको ‘चलन माया चल’ मा जुना

शुक्रबार, ०३ माघ २०७६, १७ : २७
शुक्रबार, ०३ माघ २०७६

काठमाडौं । गायक कृष्ण समिप सुवेदीले ७ वर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् । ‘चलन माया चल’ बोलको गीत भिडियो सहित सार्वजनिक गरेका हुन् । 

यसअघि ‘सिर सिर बतास’, ‘मेरो कल्पनामा आउने मान्छे तिमी’, ‘मनको तिर्खा मेट्न’, ‘माझी दाईको जिन्दगी’ जस्ता आधुनिक, पप, लोक तथा दोहोरी गीत सार्वजनिक गरेका सुवेदीले यो गीतका हरेक पक्ष उत्कृष्ट बनाउने प्रयास समेत गरेको बताए ।

शब्द तथा संगीत समेत सुवेदीकै रहेको गीतमा उनलाई गायनमा गायिका कृष्णा खनालले साथ दिएकी छन् । गीतको भिडियोमा सुन्दर एस.डि.एस. ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय रहेको छ ।  सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप