शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दम्भ देखाएको पनि छैन, डराएको पनि छैन : गायिका आस्था राउत

‘२, ४ शब्द गल्ती बोले, त्यसको लागि क्षमा चाहन्छु’
शुक्रबार, ०३ माघ २०७६, १५ : १३
शुक्रबार, ०३ माघ २०७६

काठमाडौँ । प्रहरीलाई तुच्छ शब्दले गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका आस्था राउतले आफूले बोलेको शब्दहरुप्रति आफैलाई ग्लानी महसुस भएको बताएकी छन् ।

शुक्रबार फेसबुक लाइभमा आउँदै गायिका राउतले महिला प्रहरीले दुर्व्यवहार गरेपछि आफ्नो मनोबल घटेको र मन दुखेको बताइन् । उनले भनिन्, ‘कुनै दम्भ पनि देखाएको छैन, डराएको पनि छैन् ।’

राम्रो काम गरेर हिँडेको मान्छेले कहिले दम्भ नदेखाउने बताउँदै गायिका राउतले भनिन्, ‘अत्याचार भएर बोल्दा उल्टै म नराम्रो भएँ । फ्यानहरुलाई आग्रह मेरो लागि पनि बोलिदिनुस् ।’

‘भिडियो गर्नेबेला आफूले संयमितता अपनाउनुपर्थ्यो । तर, उजुरी त गर्थें गर्थें,’ गायिका राउतले भनेकी छन्, ‘मैले संयमित भएर बोल्न सकिन । त्यसको लागि माफी चाहन्छु ।’

कसैको पनि मनोबल गिराउने उद्देश्य नरहेको गायिका राउतले दावी गरेकी छन् । ‘राम्रो कामको तपाईहरुले माया दिएको भए मैले पनि माया दिन्थे,’ राउतले फेसबुक लाइभमार्फत भनेकी छन् ।


‘प्रहरीबाट मात्र दुर्व्यवहार हुँदैन आर्मीबाट पनि हुन्छ । तर, ममाथि दुर्व्यवहार भएको हो नै,’ राउतले भनिन्, ‘ठूलाठूला पदका व्यक्तिले मात्र राम्रो बोलेर हुँदैन । जरैदेखि राम्रो हुनुपर्छ ।’

देखेको भरमा मलाई अनावश्यक गाली नगर्न आस्थाले आग्रह पनि गरेकी छन् । उनले भनिन्, ‘२, ४ शब्द गल्ती बोले, त्यसको लागि क्षमा चाहन्छु । दुई हात जोडेर माफी माग्छु ।’

विमानस्थलमा कार्यरत महिला प्रहरीले आफूलाई गन्धी पाराले बोलेको बताउँदै गायिका राउतले भनिन्, ‘जसले भोग्छ त्यो मान्छेलाई मात्र थाहा हुन्छ । कोही कसैले पनि मैले जस्तो भोग्न नपरोस् ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप