‘स्पिल्ट्सभिल्ला नेपाल, अर्को ठूलो प्रोजेक्ट ?’
शुक्रबार, ०३ माघ २०७६, १२ : ३४
रियालिटी शो भ्वाइस अफ नेपाल, नेपाल आइडल, हिमालयन रोडिजपछि अब स्पिल्ट्सभिल्ला पनि नेपालमा भित्रिने संकेत देखिएको छ ।
रियालिटी शो हिमालय रोडिजका निर्देशक अमन प्रताप अधिकारीले यसको संकेत फेसबुकमार्फत् दिएका छन् ।
उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘स्पिल्ट्सभिल्ला नेपाल, अर्को ठूलो प्रोजेक्ट, के भन्नुहुन्छ ?’
अमनको स्टेटसमा धेरैले उत्साह प्रकट गरेका छन् । कतिले अमनलाई अग्रिम बधाइ दिएका छन् भने कतिले स्प्लिट्सभिल्लाको नेपाली संस्करण हेर्न पाए खतरा अनुभव हुने पनि बताएका छन् ।
भारतीय रियालिटी शो एमटिभी स्पिल्ट्सभिल्ला नेपालमा पनि निकै चर्चित छ । कार्यक्रमको मुख्य उद्देश्य आफ्नो लागि उत्कृष्ट पार्टनरको खोजी गर्नु हो । यसका लागि युवा युवतीले विभिन्न राउन्डको च्यालेन्ज र टास्क पूरा गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट
-
बिहानको खाजा कति बेला खानु लाभदायक हुन्छ ?
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री
-
सरकारले विपन्न महिलाहरूको ऋण मिनाहा हुने कार्यक्रम ल्याउने
-
इजरायलले प्यालेस्टाइनमा गरेको दमनको विरोधमा चिकित्सकहरुको प्रदर्शन (तस्बिरहरु)