बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा र बुद्धको पोष्टर प्रदर्शनी गर्दै माल्टामा नेपाल भ्रमण वर्ष शुभारम्भ

शुक्रबार, ०३ माघ २०७६, ११ : ११
शुक्रबार, ०३ माघ २०७६

लन्डन । नेपाल सरकारले सन् २०२० मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएअनुरुप् विभिन्न देशमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने गतिविधिहरु हुन थालेका छन् । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दै माल्टामा भव्य कार्यक्रम गरिएको छ । नेपाली दूतावास लन्डनले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघ माल्टा, नेपाल टुरिजम बोर्ड, स्थानीय नेपाली संघसंस्था र नेपाली दूतावास लण्डनको समन्वयमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरिएको हो ।

प्रचार प्रसारलाई तीव्र तुल्याउन स्थानीय यातायातका साधनहरुमा विश्वकै अग्लो शिखर सगरमाथाको तस्विर, शान्तिका प्रतिक बुद्धको प्रतिमा  लगायतका  विभिन्न पोष्टरहरु राखिएको छ । कार्यक्रममा सहभागी हुन बेलायतका लागि नेपाली राजदूत तथा माल्टाका लागि गैरआवासीय राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदी तथा दूतावासका द्वीतीय सचिव लव सुवीदी पनि त्यहाँ पुगेका थिए । तेस्तैगरी  नेपाल भ्रमण वर्षको उद्घाटन  समारोहमा  स्थानीय मेयर, काउन्सिलर तथा  नेपाली संघसंस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

राजदूत सुवेदीले माल्टा वासीहरुलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै आफू काम गर्ने प्रत्यक ठाउँबाट कम्तिमा एकजना साथीलाई नेपाल जनाको लागि प्रेरित गर्न आग्रह गरे । माल्टामा  सम्पन्न यस कार्यक्रमले पर्यटन प्रबर्धनमा  महत्त्वपूर्ण भूमिका  खेल्ने गैरआवासीय नेपाली संघ केन्द्रिय सल्लाहकार तथा एनआरएनए आइसीसी भिजिट नेपाल २०२० विशेष टाक्सफोर्सका अन्तर्राष्ट्रिय मोडरेटर सोम सापकोटाले बताएका छन् । माल्टाबाट सगरमाथा आरोहण गर्ने तारमोनाले सगरमाथा चढ्दाको अनुभव बताएका थिए । ।

माल्टाका मेयर मार्गरेट बाल्डाचिनोले छुट्टी मनाउनका लागि नेपाल उपयुक्त  गन्तव्य  भएकोले सबैलाई नेपाल भ्रमण  गर्न  अनुरोध गरेका थिए । नेपाली दूतावासको टोलीले माल्टा लगायतका विभिन्न देशका कुटनीतिक नियोग प्रमुखसंग पनि भेटघाट गरेको थियो । विदेशी पाहुनालाई  ‘टोकन अफ लभ’ले सम्मान गरिनुका साथै नेपाली दूतावास लण्डनको तर्फबाट भिजिट नेपाल २०२० को लोगो अंकित टोपी वितरण अग्रिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप