जलाउन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा
जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा लिएको हो । माइती पक्षले मृत्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीले मसानघाटबाट शव नियन्त्रणमा लिएको हो ।
विराटनगर–८ बलुवाहीस्थित सिंघिया खोलामा जलाउने तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । विराटनगर–८ बलुवाहीकै २८ वर्षीया प्रेमदेवी साहलाई श्रीमानका परिवारले सद्गत गर्ने उद्देश्यले खोलामा पुर्याएको थियो ।
बुधबार राति कालगतिले उनको मृत्यु भएको श्रीमान पक्षले दाबी गरेपनि मृतको घाँटीमा शंकास्पद डाम देखिएपछि मृतक साहको शव प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मृतक महिलालाई जलाउनका लागि घाटमा पु¥याएर चितासमेत बनाइसकेको अवस्थामा माइती पक्षका आफन्तले मृतको घाँटीमा आलो डाम देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको छ । यो समचार नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न