बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

बिहीबार, ०२ माघ २०७६, २२ : २४
बिहीबार, ०२ माघ २०७६

काठमाडौँ । राप्रपा केन्द्रीय कार्य समितिको पूर्ण बैठक आगामी माघ १७ गतेदेखि काठमाडौंमा बस्ने भएको छ । 

 बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनुका साथै आगामी जेठ महिनामा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा घनीभूत छलफल हुने सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

 प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीति सम्बन्धि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पनि श्रेष्ठले बताए । यस्तै समानविचार धारा भएका दलहरुसँग एकताका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप