शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

६ जनाको ज्यान लिने युएईको त्यो भयानक दुर्घटना, लरीमा यसरी एकाएक ठोक्कियो बस (भिडियो)

बिहीबार, ०२ माघ २०७६, २१ : ३३
बिहीबार, ०२ माघ २०७६

युएईको आबुधावी प्रहरीले बिहीबार भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको जनाएको छ । यस्तै अन्य १८ जना घाइते भएका छन् । 

आबुधावीबाट दुबईतर्फ जाँदै गरेको बस अल राहा रोडमा दुर्घटना भएको हो । दुर्घटना लापरबाहीपूर्ण ढंगले सवारी चलाउँदा हुन पुगेको प्रहरीको निष्कर्ष छ । 

आबुधावी प्रहरीले इन्स्टाग्राममार्फत जारी गरेको एक भिडियोमा दुई सामान बोक्ने लरी खतरा बत्तीका साथ सडकको दाहिने लेनमा देखिन्छ । जसको अगाडि एक कार रोकिन खोजेको देखिन्छ । 

त्यतिनै बेला केही गाडी लरीलाई छल्दै तीब्र गतिमा अघि बढ्छन् । तर एक बस भने पछिल्लो लरीको पछाडि ठोक्किन पुग्छ । 

आबुधावीको यातायात अनुसन्धान विभागका प्रमुख मोहम्मद अब्दुल रहीम अल होसानीका अनुसार दुर्घटनाको खबर पाउना साथ एम्बुलेन्स, उद्दार टोली घटनास्थल पुगेको थियो । तत्कालै उद्दार टोलीले घाइतेलाई अस्पताल पुर्याएको थियो । 

भिडियो हेर्नुहोस्

*सच्याइएको मारिनेमा एक नेपाली महिला, एक श्रीलङ्काली महिला र एक पाकिस्तानी ड्राइभर (पुरुष) रहेको खुलेको छ । तीन जनाको पहिचान खुल्न सकेको छैन । गल्फ न्यूजले मारिनेमध्ये ५ जना महिला रहेको उल्लेख गरेको छ ।यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् । 

मृतकहरुको पहिचान हुन नसकेको राजदूत ढकालले जानकारी दिएका छन् । ढकालले घाइतेहरुको माफराक अस्पतालमा उपचार भइरहेको जनाए । 

आबुधावी प्रहरीका अनुसार दुर्घटनाका मुख्य कारण लरीको अगाडीका चालकको लापरबाही देखिन्छ । कार चालकले गडबड गर्दा लरी चालक अलमलिए, लरी चालकले कारलाई बचाउन खोज्दा पछाडिबाट बस ठोक्किन पुग्यो ।

आबुधावी प्रहरीका बाह्य क्षेत्रीय यातायात विभाग तथा गस्ती निर्देशनालयका प्रमुख अब्दुल्ला खमीस अल अजीजीले दुर्घटना अत्याधिक गति भएको बताए ।  कार चालकको गल्ती तथा बस चालकले पनि अगाडीको अवस्था ख्याल गर्न नसक्नु समेत दुर्घटनाको जिम्मेवार रहेको बताए । 

युएईस्थित स्थानीय सञ्चारमाध्यमको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप