शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा टाटा मोटर्सको कार मेला शुरु, यस्ता छन् आकर्षणहरु

बिहीबार, ०२ माघ २०७६, १९ : ०८
बिहीबार, ०२ माघ २०७६

जनकपुर– टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले जनकपुरमा टाटा मोटर्स कार मेला शुरु गरेको छ ।  

वर्षेनी देशका बिभिन्न स्थानमा गर्दै आएको कार मेला यस बर्ष यही माघ २ र ३ गते जनकपुरमा सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्ग का बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा आयोजना भएको हो । 

यस बर्षको कार मेला बिहान ११ बेज देखि साँझ ७ बजे सम्म होटल राजदरबार जनकपुरमा सुरु भएको आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न टाटाका गाडीहरु किनबेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । 

मेलामा टाटा मोटर्सको विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट  खरिद  गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडीसँग साट्न सक्नेछन् । 

यस मेलामा फाइनान्सिङका साथै  पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेञ्ज बोनस अप टु वान लाख जस्ता सेवा तथा सुविधाहरु ग्राहकहरुले पाउने आयोजकले जनाएको छ । जनकपुरमा आयोजना गरेको मेला २ दिन सम्म चल्नेछ । 

मेलाका प्रमुख आकर्षणहरु 

१. निःशुल्क प्रबेश 
२.अन दि स्पोर्ट फाइनान्सिङ्ग   
३. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेञ्ज बोनस अप टु वान लाख 
४. प्रत्येक टेस्ट ड्राइभ मा उपहार र मुल्याकंन 
५. फोटो सुटका साथै खानाका स्टल       
६. संगीत, नृत्य, खेलकुद, मेहेन्दी ÷नेलआर्ट का साथै जलपान । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप