शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोरु काटेको आरोपमा २ जना पक्राउ

बिहीबार, ०२ माघ २०७६, १८ : ३०
बिहीबार, ०२ माघ २०७६

इलाम । गोरु काटेको आरोपमा यहाँस्थित सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन् । गाउँमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाका आधारमा फिक्कल प्रहरीचौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट उनीहरूलाई पक्राउ गरेको थियो । 
    
प्रहरी घटनास्थल पुग्दा काटिएको मासु मात्र फेला परेको थियो । उनीहरुले गोरु बिरामी भएकाले काट्नु परेको बताएका छन् । घटनासम्बन्धमा म्याद थप गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख रमेश राईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप