शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५१ प्रतिशत पदाधिकारी हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्छ : गगन थापा

बिहीबार, ०२ माघ २०७६, १८ : १४
बिहीबार, ०२ माघ २०७६

काठमाडौं । सांसद गगन थापाले विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा केही नेपाल ऐनहरुमाथि संशोधन गर्न चलेको छलफलमा सांसद थापाले यस्तो बताएका हुन् । 

नियुक्त भएका पदाधिकारीलाई सरकार वा मन्त्रालयले दिएको कुनै निर्देशनको पालना नभएको खवस्थमा सरकारले चाहेको बेला हटाउन सक्ने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने थापाको भनाई छ ।

थापाले २ तिहाइले मात्रै हटाउन सक्ने संशोधनसहित पारित गराउनुपर्ने बताएका थिए । उनले सरकारले चाहेको बेलामा हटाउन सक्ने आधार निर्माण गर्नु गलत भएको बताएका छन् । समितिले गरेको निर्णय नमान्ने भन्ने नहुने तर यो कुरा गलत भएको उनको भनाई छ ।

बिहीबार समितिले विश्वविद्यालयको पदाधिकारी हटाउन ५१ प्रतितश हुनुपर्ने प्रावधान राख्दै नेपाल ऐन पारित गरेको थियो । समितिमा छलफलका क्रममा दुईतिहाइले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आएपनि विश्वविद्यालय र उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई ५१ प्रतिशतले नै हटाउन सक्ने प्रावधान राखिएको समिति सभापति जयपुरी घर्तीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप