शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुमारी बैंकले देवः विकास बैंकलाई प्रप्ति गर्ने, चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी

बिहीबार, ०२ माघ २०७६, १५ : ०१
बिहीबार, ०२ माघ २०७६

काठमाडौं– कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । 

बुधबार नागपोखरीस्थित काठमाडौं मेरिओट होटेलमा सम्पन्न एक समारोहबीच उक्त प्राप्ती (एक्विजिसन)को औपचारिक हस्ताक्षर सम्पन्न भएकोे हो । 

उक्त प्राप्तिका लागि समझदारीपत्रमा कुमारी बैंक र देव विकास बैंकका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय कृष्ण प्रसाद ज्ञवाली तथा भरत बहादुर हमालले हस्ताक्षर गरेका छन् । 
सो समारोह दुवै बैंकका अध्यक्ष, संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका उच्च व्यवस्थापनका पधादिकारीहरूमाझ सम्पन्न भएको छ ।

यस पश्चात् बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी, निक्षेप १२० अर्ब तथा ऋण लगानी १०५ अर्ब भन्दा अधिक हुने भएको छ । यसैगरी, बैंकको शाखा संजाल २०० भन्दा अधिक हुने भएको छ ।

बैंकको आन्तरिक वित्तिय, मानव संसोधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि हुनुका साथै राष्ट्रिय बैंकिङ्ग तथा वित्तीय प्रणालीको सम्बर्धन भई सोप्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृद्धि पुग्नेमा बैंक विश्वस्त छ ।     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप