शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा विपक्षी दलका नेता पोखरेल बिरामी

विदेशमा उपचार गर्न मानेन्
बिहीबार, ०२ माघ २०७६, १४ : ४७
बिहीबार, ०२ माघ २०७६

बुटवल । प्रदेश ५, प्रदेशसभाका ज्येष्ठ सदस्य एवं विपक्षी दलका नेता बलदेव शर्मा लामो समयदेखि अस्वस्थ भएका छन् ।

रुपन्देहीको तिलोत्तमा घर भएका ८२ वर्षीय पोखरेलको गत वर्ष माघमा छातीमा संक्रमण देखिएर काठमाडौँस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा फोक्सोको क्यान्सर देखिएको थियो । त्यसपछि विभिन्न असपतालमा उपचार गराए पनि संक्रमण शरीरका अन्य अङ्गमा पनि फैलिएको छ ।

हालै रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पताल उपचार गराउँदा निको हुने सम्भावना नरहेको चित्किसकले बताएप्छि घरमै राखिएको छ । पोखेरले मृत्युसँग संघर्ष गरिरहेका छन् ।

पोखरेलका कान्छा छोरा मुक्ति पोखरेलले रातोपाटीसँग भने, ‘बुबाको अवस्था निकै नाजुक छ, डाक्टरले घरमै सेवा गर्नुहोस्, अन्य विकल्प छैन भनेपछि घरमै राखिएको छ ।’

काठमाडौँमा लामो समय उनको उपचार भयो । पुस २३ गते काठमाडौँबाट घर ल्याइएका उनको समस्या बढ्दै गएपछि क्रिमसन हस्पिटल रुपन्देहीको आईसीयूमा भर्ना गरेर राखिएको थियो । क्रिमसन अस्पतालका वरिष्ठ फिजिसियन डा.राकेश आस्वानीले पनि पोखरेललाई अब निको हुने सम्भावना कम रहेको बताए ।

पोखरेलको फोक्सोबाट शुरू भएको क्यान्सर टाउको हुँदै हड्डीभर फैलिएको छ । त्यो अब निको हुने सम्भावना नरहेको चिकित्सकको भनाइ छ । उनको ७ पटकसम्म किमोथेरापी गरिसकेको छ ।

अस्पतालमा रहँदा उनलाई भेट्न मुख्यमन्त्री शंकर पोखरेलदेखि नेपाली काँग्रेस नेताहरु बालकृष्ण खाँण, संघीय संसदका सार्वजनिक लेखा समितिका सभापति भरत शाह, सांसदहरु लगायतका नेता पुगेका थिए । रुपन्देहीको तिलोत्तमा–१४, खैरियाका ८२ वर्षीय पोखरेल कांग्रेसका समानुपातिक सांसद हुन् ।

प्रदेश सरकारले उनको उपचारका लागि ५ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । उनको उपचारमा हालसम्म १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ ।

पोखरेलका छोरा मुक्तिले विदेशमा उपचार गर्न बुबाले नमानेको बताए । उनले भने, ‘बुवालाई हामी बाहिर लगेर पनि उपचार गर्न खोजेका हौँ । तर, उहाँले विदेशमा नजाने अडान राखेपछि यतै राखिएको हो ।’

विक्रम संवत् १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल २०२० सालमा बसाइ सरेर रुपन्देही झरेको थियो । उनले २०१३ सालदेखि नेपाल छात्र सङ्घबाट काँग्रेसको राजनीति सुरू गरेका  हुन् ।

रूपन्देहीमा उनी २०२६ सालदेखि १० वर्ष (२०३६ सम्म) पार्टीको जिल्ला सचिव भए । पोखरेल जिल्ला सदस्य हुँदै आमन्त्रित केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै निरन्तर पार्टीमा सक्रिय छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप