‘लक्का जवान’को गीत : प्रियंकादेखि दीलिपसँगको नृत्य
काठमाडौं । कमेडी बिषयमा निर्माण भएको फिल्म ‘लक्का जवान’को टाइटल गीत ‘मन त मेरो लक्का जवान’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बाबुल गिरीको संगीत र डिपी खनालको शब्द छ ।
गीतमा संगीतकार बाबुलसँगै मिना निरौलाको स्वर छ, भने भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । फिल्म हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन् । शिवहरीको यो निर्देशनमा डेब्यू फिल्म हो ।
गीतमा फिल्मका कलाकार किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायतले नृत्य गरेका छन् ।
ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’को सह निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत हुन् ।
‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको ‘लक्का जवान’ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने निर्देशक शिवहरीले बताए ।
फिल्ममा अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतको पनि अभिनय छ । फिल्मको प्रदर्शन मिति आगामी चैत्र २१ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला