शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा पूर्वमिस इन्डिया नताशाको अश्लिल तस्बिर

बिहीबार, ०२ माघ २०७६, १२ : २१
बिहीबार, ०२ माघ २०७६

सुपर मोडल तथा पूर्वमिस इन्डिया नताशा सुरीले फ्लिन रेमेडियोज नामका एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरेकी छिन् । उनले उक्त व्यक्तिले उनलाई आपत्तिजनक सामाग्रीमा ट्याड गरेको आरोप लगाएकी छिन् । 

सन् २००६ को फेमिना मिस इन्डियाको ताज जितेकी नताशाले आफ्ना वकिल माधव थोराटको साथमा मुम्बई दादर प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । 

नताशाका अनुसार उनलाई फ्निले आफ्नो पोर्टलमा उनको नाम कुनै एडल्ट पोस्टमा ट्याग गरेका थिए । उनले उक्त पोस्ट अर्को वेभसाइटमा पनि पठाएका थिए ।

समाचार एजेन्सी आईएनएससँग कुराकानीको क्रममा नताशाले बताएअनुसार नक्कली आर्टिकल र बाथरुममा खिचिएको तस्बिरमा अनुहार ब्लर गरेर उक्त फोटोमा नताशा सुरी सिंहको नाम दिइएको थियो ।

उनले फ्लिनले सुरीको नाममा नक्कली आर्टिकल र फोटोहरु सेयर गर्न सुरु गरेपछि साइबर क्राइम इन्भेस्टिगेशन सेलमा उजुरी दिएकी हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप