बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चाणक्य नीति : यो हो दुश्मनलाई पराजित गर्ने सबैभन्दा राम्रो तरिका

बिहीबार, ०२ माघ २०७६, १० : १७
बिहीबार, ०२ माघ २०७६

आचार्य चाणक्य नीतिमा मानव समाजसँग सम्बन्धित हरेक समस्याको समाधान भेटिन्छ । अहिलेको वर्तमान परिस्थीतिसँग पनि चाणक्य नीति मेल खान्छ । यदि कुनै व्यक्ति जीवनमा चाणक्य नीतिको पालना गर्छ भने सफलता हासिल गर्न सक्छ । 

चाणक्य नीतिका अनुसार हरेक व्यक्तिले आफ्नो आय र व्ययको बारेमा सही जानकारी राख्नुपर्छ । जो मानिस आफ्नो कमाईअनुसार खर्च गर्छ त्यो व्यक्ति जीवनभर सुखी रहन्छ । जो मानिस आफ्नो आयभन्दा बढी खर्च गर्छ त्यो मानिस कहिल्यै सुखी हुँदैन ।

चाणक्य नीतिका अनुसार यदि कोहि नीच व्यक्ति तपाईंको नजिक आउँछ भने त्यस्ता व्यक्तिबाट तुरुन्त टाढिनुहोस् । त्यस्ता व्यक्ति भएको स्थानमा विल्कुलै नबस्नुहोस् । 

चाणक्य नीतिका अनुसार यदि कुनै ठाउँमा झैझगडा र झमेला भइरहेको छ भने त्यस्तो ठाउँबाट भाग्नु नै उचित हुन्छ ।

चाणक्य नीतिका अनुसार जो मानिस अगाडि मिठा–मिठा कुरा गर्छन् त्यस्ता मानिसहरुले पछाडि बर्बाद पारिरहेका हुन्छन्  । 

चाणक्य नीतिका अनुसार शत्रुलाई पराजित गर्न उसलाई कुटनीतिमा फसाउनुस् र शत्रु कमजोर भएपछि प्रहार गर्नुस् ।

चाणक्यका अनुसार आफ्नो गोप्य कुरा कोहि पनि मानिसलाई सुनाउँनुहुँदैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप