शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमबाप्पे, नेयमार र सर्बियाको गोल

बिहीबार, ०२ माघ २०७६, १० : ००
बिहीबार, ०२ माघ २०७६

पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा मोनाकोमाथि सादनार जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।

पीएसजीको जितमा केलियन एमबाप्पले दुई, नेयमार र पाब्लो सर्बियाले एक एक गोल गरे । मोनाकोका तइमौके बकायोकोले सान्त्वना गोल फर्काए । एमबाप्पेले २४औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोलगर्दै टोलीको अग्रता दोब्बर बनाए । सर्बियाले ७२औं मिनेटमा एक गोल थपेका थिए ।

८७औं मिनेटमा मोनाकोका तइमौकेले गोलगर्दै घरेलु टोलीको उत्साह बढाए । दोस्रो हाफको इन्जुरी समयमा एमबाप्पेले ब्यक्तिग दोस्रो गोल थप्दै पीएसजीलाई सजिलै जिताए । जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २० खेलबाट ४९ अंक बनाएको छ । पीएसजी दोस्रो स्थानमा रहेको मार्सेल्लीभन्दा आठ अंकले अगाडी छ । मार्सेल्लीको ४१ अंक छ । पीएसजीसँग पराजित मोनाको २९ अंक सहित नवौं स्थानमा छ ।

बुधबार रातिनै भएको अर्को खेलमा तेस्रो स्थानमा रहेको रेनेसले निम्सलाइ उसैको मैदानमा १–० गोलले हरायो । रेनेसको जितमा एड्रिन हुनोउले ६४औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै रेनेसले ३६ अंक बनाएको छ । १५ अंक बनाएको निम्स रेलिगेसनको मारमा छ । अर्को खेलमा रिम्स र एमिन्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप