शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टाउकोमा तीन गोली लागेर पनि आफै कार चलाएर २८ किमि टाढा अस्पतालसम्म पुगिन् महिला

बिहीबार, ०२ माघ २०७६, ०९ : ४६
बिहीबार, ०२ माघ २०७६

टोउकोमा तीन गोली लागेर पनि एक महिलाले घाइते बनेकी आफ्नो आमालाई लिएर २८ किलोमिटर टाढा रहेको अस्पताल पुगेकी छिन् ।

भारतको पञ्जाबमा भएको यो घटनामा जमिनको विवादलाई लिएर दुई महिलामाथि गोली प्रहार भएको थियो । मुक्तसर गाउँमा भएको घटनामा छोरी सुमीत कौर र उनकी आमा सुखजिन्दरमाथि ६ वटा गोली प्रहार भएको थियो ।

त्यसमध्ये ३ वटा गोली सुमीतको टाउको र एउटा चिउँडोमा लागेको थियो भने दुई वटा गोली आमाको खुट्टामा लागेको थियो । यति धेरै गोली लागेपनि घाइते बनेकी सुमीतले आमालाई उठाएर कारमा राखेर २८ किलोमिटर टाढा रहेको अस्पतालसम्म पुगेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ४२ वर्षीया सुमीत र ६५ वर्षीया सुखजिन्दरलाई लागेको गोली सफलतापूर्वक निकालिएको छ । दुवै अहिले खतरामुक्त रहेका छन् ।

सुमीतको हालत देखेर डाक्टर पनि चकित परेका थिए । उनको टाउकोमा तीनवटा गोली लागेको थियो भने एउटा पछाडि घाँटीमा अड्केको थियो । यति हुँदा पनि घाइते सुमीत होसमा नै थिइन् ।

यस मामिलामा प्रहरीले सुमीतको भतिजा कवरप्रीत सिंहविरुद्ध उजुरी दर्ता गरेको छ । उनी घटनापछि फरार रहेका छन् ।

सुमीत कौरका अनुसार कवरप्रीत आफ्नो पिता हरिन्दर सिंहसँग मुक्तसरको अवोहर रोडमा बस्छन् ।

यता,सम्बन्धविच्छेद भएपछि सुमीत आफ्नो आमासँगै बस्दै आएकी छिन् । पैत्रिक सम्पत्तिलाई लिएर दुईबीच विवाद रहेको थियो । यसबीच पनि कवरप्रीत दुवैलाई भेट्न आइरहन्थे । मङ्गलबार साँझ पनि कवरप्रीत उनीहरु घर आएर त्यही बसे ।

बुधबार बिहान उनले आफ्नो ट्युसन जानुपर्ने भन्दै हजुरआमा सुखजिन्दरलाई चिया बनाउन भने । जब हजुरआमा चिया बनाउन भान्सामा गइन्, उनले कारबाट पिस्तोल ल्याएर सुमीतमाथि गोली चलाए । गोलीको आवाज सुनेर बाहिर आएकी सुखजिन्दरमाथि पनि गोली चलाए । त्यसपछि उनी त्यहाँबाट भागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप