शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक २०.८५ अंकले बढ्यो

बुधबार, ०१ माघ २०७६, १७ : २८
बुधबार, ०१ माघ २०७६

काठमाडौं । कारोबारको अन्तिम घण्टा खरिदकर्ताको चाप देखिँदा नेपाल स्टक एक्सचेज परिसूचक नेप्सेमा २० अंक भन्दा बढीको सुधार देखिएको छ । केही दिनदेखि निरन्तर बढ्दै आएको नेप्से परिसूचकमा मंगलबार ७ अंकको सुधार देखिए पनि बुधबारदेखि नेप्सेले पुनः उछालको लय समाएको छ । 

बुधबार नेप्से परिसूचक २०.८५ अंकले बढेर १२८४.२३ अंकमा पुग्दा बजारमा १७७ कम्पनीका ९० करोड रुपैंयाका शेयर खरिदबिक्री भएका छन् । 

बुधबार सेन्सेटिभ, फ्लट र सेन्सेटिभ फ्लट परिसूचकहरु पनि बढ्दा नेप्से इन्डेक्सभन्दा फ्लट इन्डेक्स र सेन्सेटिभ इन्डेक्सभन्दा सेन्सेटिभ फ्लट इन्डेक्स बढी बिन्दुले बढेको छ । फ्लट इन्डेक्स बजारमा कारोबारयोग्य शेयरहरुमा मात्रै इन्डेक्स भएको र नेप्सेभन्दा यसमा बढी बढ्नुले बजार वास्तविक रुपमा उछालतर्फ रहेको संकेत गरेको छ । 

नेप्से अन्तर्गतका १२ उपसूचकको वृद्धिमा भने ठूलो बुधबार डूलो असमानता देखिन्छ । ४ ओटा मात्रै कम्पनी रहेको ट्रेडिङ उपसूचक करिब ८ प्रतिशतले बढ्दा बैंकिङ क्षेत्रअन्तर्गतको पर्ने बैंकिङ बैंकिङ, विकास बैंक परिसूचक २ प्रतिशत तथा फाइनान्स कम्पनी ३ प्रतिशतको हाराहारीमा बढेको छ । होटेल, उत्पादनमूलक र अन्य समूहमा गिरावट आउँदा बाँकी ४ वटा समूहको वृद्धि नेप्सेको औसत वृद्धिभन्दा कम देखिएको छ ।

नेप्से परिसूचकको यो वृद्धिसँगै नेप्से करिब ८ महिनादेखिको सर्वाधिक बिन्दुमा पुगेको छ । अघिल्लो जुनमा १२८४ अंकबाट तल झरेको नेप्सेले सो विन्दुलाई छोएको हो । त्योबेला परिसूचक १३ सय २१ अंकमा पुगेर फर्किएको थियो । बजारको पछिल्लो बजारको उछालको बैंकिङ क्षेत्रमा बढ्दै गएको तरलता र घट्दै गएको ब्याजदर भएको बताइन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप