शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व बैंकद्वारा भूकम्प प्रभावितको सघाउका निम्ति अतिरिक्त ऋण स्वीकृत

बुधबार, ०१ माघ २०७६, १५ : ३८
बुधबार, ०१ माघ २०७६

काठमाडौं । विश्व बैंकले नेपालको भूकम्प घरबास पूनर्निर्माण परियोजना(इएचआरपी)को लागि २० करोड डलरको अतिरिक्त ऋण स्वीकृत गरेको छ । 

इएचआरपी र दोस्रो अतिरिक्त वितिय सहयोगले नेपाल सरकारको घरबास पुनर्निर्माण कार्यक्रमलाई सहायता गर्नेछ । यसले भूकम्प–प्रतिरोधी भवन निर्माण गर्ने लक्ष लिएको छ । यस अन्तर्गत कार्यक्रममा सहभागी योग्य व्यक्तिले घरबास अनुदान प्रदान गर्नेछ । 

दोस्रो अतिरिक्त ऋणले सरकारको घरबास पुनरनिर्माण कार्यक्रममा इएचआरपीको सहायता बढाउने छ । यस अन्तर्गत २०७२ लाखको भूकम्पबाट प्रभावित ३२ जिल्लाका ८६ हजार ६८० घर पुनरनिर्माण हुनेछ । 

नेपालमा २०७२ मा आएको भूकम्पले नेपालको कुल ग्राहस्थ उत्पादनको ३५ प्रतिशत रहेको अनुमान गरिएको छ भने पुनर्स्थापनाको लागि ७ अर्ब डलर आवश्यक रहेको मानिएको छ । 

‘नेपाल २०७२ सालको भूकम्पको असरबाट उठ्दै गर्दा कोही पनि नछुटुन भन्ने हाम्रो उद्देश्य छ ,’  नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर इडाहा स्वारायी–रिद्दिहागले भने, ‘हामी नेपाल सरकारलाई नेपालीको घरमात्र होइन जीवनलाई पनि पुनः निर्माण गर्न सघाउनेछौं ।’

सन् २०१५ जुनमा स्वीकृत इएचआरपीले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका झण्डै ५५ हजार घरको बलियो पुनर्निर्माणलाई सघाउँछ । ३० करोडको अतिरिक्त ऋण सन् २०१७ डिसेम्बरमा स्वीकृत भएको हो ।

यसले घरबास पुनरनिर्माण कार्यक्रममा रहेको लगानी अभाव पुर्ति गर्न सघाउँछ । साथै यसले परियोजना अन्तर्गत ९६ हजार अतिरक्त घरलाई सघाउँछ । 

परियोजना अन्तर्गत, ऋण पाउन योग्य नेपाली तीन लाख रुपैयाँ पाउनेछन् । सन् २०२० जनवरीसम्म १४ सबैभन्दा प्रभावित क्षेत्रका ६ लाख ८५ हजार १९३ व्यक्तिले नेपाल सरकारको घरबास पुनर्निर्माण परियोजनामा सहभागिता जनाएका छन् । 

त्यस परियोजना अन्तर्गत घरबास निर्माणको लागि ९९ प्रतिशतले पहिलो किस्ता हात पारे भने ८१ प्रतिशतले दोस्रो किस्ता र ७० प्रतिशतले तेस्रो किस्ता हात पारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप