शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्कीमा एक महिनामा १ सय ५३ मुद्दा दर्ता

बुधबार, ०१ माघ २०७६, १४ : १५
बुधबार, ०१ माघ २०७६

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा एक महिनाको अवधिमा १ सय ५३ मुद्दा दर्ता भएका छन् । बुधबार, जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो मासिक कार्यप्रगति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्येमा सार्वजनिक हित,स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता बिरुद्दद्धको कसुरमा सबैभन्दा बढी ४७ मुद्दा दर्ता भएको छ । यस्तै लागुऔषधका २४, जबरजस्ती करणीमा ७, बाल यौन दुरुपयोगमा १ र चोरीका ६ मुद्दा रहेका छन् । 

कास्की प्रहरीमा एक महिनाको अवधिमा दर्ता भएको मुद्दा मध्येमा बहुबिबाहमा ३, ठगीमा ५, सवारीबाट अंगभंग २, बैंकिङ कसुरमा १७, जुवामा ४, जबरजस्ती करणी उद्योगमा ४, सवारी ज्यान मुद्दामा ८, कर्तव्य ज्यान मुद्दामा २, राज्य बिरुद्धको कसुरमा १, फुटकर ज्यानमा ३, भबितब्य ज्यानमा ६, झुन्डिएर आत्महत्या गर्नेमा ११, विस्फोटक पदार्थमा १, विष सेवन गरि आत्महत्या गर्नेमा एउटा मुद्दा दर्ता भएको छ ।

 

दर्ता भएका मुद्दामध्ये मंसिरको तुलनामा २० प्रतिशतको दरले चोरीका मुद्दा बढेको देखिएको छ । बढ्दो रुपमा देखिएको लागुऔषध कारोबारीको समस्या कम गर्न कास्की प्रहरी प्रमुखको रुपमा जिम्मेवारी पाइ सकेपछि एसपी दानबहादुर कार्कीले लागुऔषध विरुद्धको अभियान पनि चालेका थिए ।

एसपी कार्कीको लागुऔषध विरुद्धको अभियानले अघिल्ला महिनाको तुलनामा केही कमी देखिए पनि मंसिर महिनाको तुलनामा १ सय ४० प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । 

यस्तै ट्राफिक कारबाहीमा पर्नेको संख्या अघिल्लो महिना (मंसिर) मा ४ हजार ३ सय ५० रहेकोमा पुसमा बढेर ६ हजार ३ सय १ रहेको छ ।  विभिन्न मुद्दामा पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक पनि गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप