टिजरमा यस्तो देखियो ‘लभ डायरिज’
बुधबार, ०१ माघ २०७६, १२ : ४५
काठमाडौं । प्रेम कथाको बिषयमा निर्माण भएको फिल्म हो ‘लभ डायरिज’ । आगामी फागुन २ गते प्रदशर््न मितितय भएको फिल्मको टिजर सार्वजनिक गरिएको छ ।
सौरभ चौधरीको निर्देशन रहेको फिल्मको टिजर थिम नै टाइटलमै केन्द्रित छ । टिजरमा फिल्मका मुख्य दुई पात्र सुशील श्रेष्ठ र रुबिना थापा बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ ।
विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सुशील र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ । यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।
शाहील खान सह निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत