शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानले मिसाइलमार्फत खसालेको विमानको भिडियो खिच्ने व्यक्ति पक्राउ

बुधबार, ०१ माघ २०७६, १२ : ४१
बुधबार, ०१ माघ २०७६

एजेन्सी । तेहरानको आकासमा मिसाइल हानेर खसालिएको युक्रेनी विमानको भिडियो खिच्ने व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ परेका व्यक्तिलाई राष्ट्रिय सुरक्षासम्बन्धी आरोप लाग्ने आशंका छ । 

पीएस७५२ विमान बुधबार तेहरानबाट उडेलगतै खसालिएको थियो । मिसाइल आक्रमणमा परेर खसेको विमानमा सबार सबै मरेका थिए । 

इरानले ढिलोगरी भुलबस विमान खसालेको स्वीकारेको छ र घटनामा संलग्न कयौं व्यक्तिलाई पक्राउ गरेको छ ।

राष्ट्रपति हसन रुहानीले घटनाको अनुसन्धान विशेष अदालतको निगरानीमा हुने बताएका छन् ।  

‘यो सामान्य घटना होइन । सम्पूर्ण संसारको ध्यान यो अदालतमा हुनेछ ,’ उनले एक भाषणमा भने । 

रुहानीले यो ‘दुखद घटना’को दोष कुनै एक व्यक्तिलाई नदिने बताए । 

‘यो घटनाको दोष अन्तिम बटन दबाउनेलाई मात्र होइन, अरुको पनि छ ,’ उनले भने । 

इरानले सुरुमा विमान मिसाइलबाट खसारिएको अस्वीकार गरेको थियो ।

तर विमानमा केही ठोक्किएर खसेजस्तो भिडियो समाजिक संजालमा शेयर भएपछि विश्लेषकले त्यसमा मिसाइल लागेको अनुमान गरेका थिए । त्यसपछि मात्र इरानले जानाजान विमान खसालिएको स्वीकार्यो

को पक्राउ परे ?
इरानी मिडियाको समाचार अनुसार रिभोलुसनरी गाड्र्सले अघिल्लो हप्ता एक व्यक्तिलाई भिडियो पोस्ट गरेको आरोपमा पक्राउ गरेको थियो । 

तर सुरुमा भिडियो पोष्ट गर्ने लण्डन निवासी इरानी पत्रकारले उनको स्रोत सुरक्षित रहेको र इरानले गलत व्यक्ति पक्राउ गरेको बताएका थिए । 

मंगलबार सबेरै, इरानी न्यायापालिकाका प्रवक्ता घोलमहुसेन इस्माइलीले जहाज खसालेको घटना सम्बन्धमा कैयौं व्यक्ति पक्राउ गरिएको बताएका छन् । 

उनले ‘गैरकानुनी भेलामा भाग लिएका’ ३० व्यक्ति पनि पक्राउ परेको बताएका छन् । उनले गैरकानुनी भेला भनेर सरकारविरोधी प्रदर्शनतर्फ संकेत गरेका थिए । 

उता न्युयोर्क टाइम्सले सुरक्षा क्यामेरा फुटेजमा जहाजमाथि २० सेकेण्डको अन्तरमा दुई मिसाइल प्रहार भएको नयाँ तथ्य सार्वजनिक गरेको छ ।  

यही कारणले जहाजको ट्रान्सपोण्डर मिसाइल आक्रमणले रोकिएको जस्तो देखिएको जबकि पहिलो मिसाइलले त्यसलाई निकम्मा गराएको पत्रिकाले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप