पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमवर्षा: कम्तीमा १३० जनाको मृत्यु
एजेन्सी । पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमपात भएको र यसका कारण कम्तीमा १३० जनाको मृत्यु भएको दुबै देशका अधिकारीले पुष्टि गरेका छन् ।
पाकिस्तानमा विगत केही दिनमा हिमपातका कारण ९० जनाभन्दा बढीको पाकिस्तानमा मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांशको हिम पहिरोमा परी मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले विपत् व्यवस्थापन अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेका छन् ।
“पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा मात्रै हिमपातका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ भने १० जना हराइरहेका छन्,” प्राकृतिक प्रकोप व्यवस्थापन अधिकारीले एक विज्ञप्ति जारी गरी बताएका छन् । “हिमपातका कारण नीलम उपत्यका सबभन्दा धेरै प्रभावित भएको छ । यहाँ कैयौँ मानिस हिमपातका कारण फसेका छन् भने बलोचिस्तानमा ३१ जनाको ज्यान गएको बताइएको छ ।”
दक्षिण एशियाली मुलुक अफगानिस्तानमा पनि हिमपात र हिमपहिरोमा परी कम्तीमा ३९ जनाको मृत्यु भएको त्यहाँको प्रशासनले पुष्टि गरेको छ । हिमपातपछि काबुललाई उत्तरी क्षेत्रसँग जोड्ने सालाङ पास बन्द गरिएको छ ।
दुबै देशमा हिमपातपछि हिमाली तथा पहाडी त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन पुगेका छन् । उक्त क्षेत्रमा उद्धार टोलीहरू पुगिरहेका छन् । हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या अझ निकै बढ्नसक्ने बताइएको छ । Photo: EPA-EFE
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा