मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लिखित प्रतिबद्धतापछि १५ दिनदेखि जारी धर्ना स्थगित

मङ्गलबार, २९ पुस २०७६, २१ : ३२
मङ्गलबार, २९ पुस २०७६

सप्तरी । प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्षले माघ १० भित्र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा  १५ दिनदेखि जारी धर्ना आज साँझदेखि स्थगन भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्ण र सम्पूर्ण वडाध्यक्षहरुले  आन्दोलनरत पक्षले उठाएको १४ बूँदे माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि धर्ना स्थगन गरिएको नेकपा छिन्नमस्ता गाउँपालिका सङ्घर्ष समितिका संयोजक विनोद यादवले जानकारी दिए ।    
    गाउँ परिषद् बैठक अविलम्ब बस्नुपर्ने, सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, उपभोक्ता समितिद्वारा सम्पन्न भइसकेका कामको भुक्तानी गर्नुपर्ने तथा गाउँपालिकामा भएको अनियमितताको छानबिन हुनुपर्नेलगायत माग सङ्घर्ष समितिले राखेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप