शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल स्टक एक्सेन्ज रियल टाईम सेटलमेन्टमा जानुपर्छ: अर्थमन्त्री खतिवडा

मङ्गलबार, २९ पुस २०७६, १९ : ३५
मङ्गलबार, २९ पुस २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पूँजी बजारको विकासका लागि नेपाल स्टक एक्सेन्ज रियल टाईम सेटलमेन्टमा जानुपर्ने बताएका छन् । नेपाल स्टक एक्सचेन्जको २७ औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंक जस्तै नेपाल स्टक एक्सचेन्ज पनि रियल टाइम सेटलमेन्ट (आरटीजीएस)मा जानुपर्ने बताएका हुन् ।

उनले नेप्से आरटीजीएसमा गए लगानीकर्ताले एक लाख रुपैयाँले पनि ठुलो कारोबार गर्न सक्ने र बजारमा पैसाको सर्कुलर बढ्न सक्ने भएकाले बजारको विकास पनि हुने र बजारलाई गप गतिशील बनाउने बताएका हुन् । उनले कहिल्यै बैंकको ब्याजदर घटला, कहिले तरलता बढ्ला र शेयर बजार बढ्ला भनेर बालुवाटारतिर फर्केर हेर्ने प्रवृत्तिको अन्त्य हुने बताए ।

अर्थमन्त्री खतिवडाले ब्रोकरको संख्या बढाउने, बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका विषयमाथि थप छलफल गर्न सकिने पनि बताए । उनले लाभांशमा दोहोरो करका विषयमा देखिएका समस्या आगामी बजेटमार्फत समाधान गर्ने समेत बताए । उनले सिडिएसकिो दायरा बढाउने, धितोपत्रको कारोबारले मात्र बजार गतिशील नहुने भएकाले ऋणपत्रहरुको विकास गरिने लगायतका बजार सुधारका काम गर्न बाँकिरहेको समेत बताए ।

त्यस्तै अर्थमन्त्री खतिवडाले नियामक निकाय र त्यस अन्तर्गतका संस्थाहरुबीच कहिलेकाहिँ आउने विवाद स्वभाविक भएको बताउँदै त्यसमा सरकारले दिने निर्देशन सबै पक्षले मान्य बाध्य हुने बताए । उनले धितोपत्र बजारको विकासका लागि कानुनमा र निर्देशनहरुमा समस्या भए छलफल गर्न सकिने बताउँदै जारी भएका निर्देशनहरु पालनामा ध्यान दिन सबैलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप