केन्द्रीय संस्करण

प्रहरी सेवा प्रवाहको पहिलो कडी मिठो बोली बचनः डीआईजी पोखरेल

person explore access_timeपुस २९, २०७६ chat_bubble_outline0

काठमाडौँ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले संगठनको गरिमा प्रहरी कर्मचारीको छबिमा जोडिएको भन्दै  संगठनलाई आँच आउने कुनै पनि अमर्यादित वा अवान्छित क्रियाकलाप नगर्न  आग्रह गरेका छन्। 

महानगरीय प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन गर्दै डीआईजी पोखरेलले यस्तो आग्रह गरेका हुन् । उनले प्रहरी सेवा प्रवाहको पहिलो कडी भनेको मिठो बोली बचन, शिष्ट नम्र व्यवहार भएको भन्दै  कानून कार्यान्वयनमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदैसम्मको कारवाही गर्न निर्देशन दिए । 

डिउटीमा खटिएको कुनै पनि कर्मचारीले आफ्नो डिउटी ईमान्दारीता पूर्वक निभाएको छ भने उसको मनोबल गिर्ने गरी कोहि कसैले कार्य गरेमा त्यस्तालाई कारवाही गर्ने पनि डीआईजी पोखरेलले चेतावनी समेत दिए । 

संगठनको १ जनाको गल्तीले संगठनकै शिर झुक्ने भन्दै उनले कुनै पनि लोभलालच त्यागी मर्यादित भएर फिल्डमा खटिन समेत निर्देशन दिए । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...