
२० करोड घुस प्रकरणः बी एण्ड सीका मालिकविरुद्ध मुद्दा दायर

काठमाडौँ । २० करोड घुस मागेको झुटो आरोप लगाएको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका मालिक दुर्गा प्रसाई विरुद्ध मुद्दा दायर गरेका छन् ।
गिरीले जिल्ला अदालत काठमाडौँमा गाली वेइज्जतीको मुद्दा दायर गरेका हुन् ।
पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए ।
लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ