शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा बचाउन अभियान नेपालद्वारा सुस्तासहितको नेपालको नक्सा सार्वजनिक (भिडियो सहित)

मङ्गलबार, २९ पुस २०७६, १८ : १२
मङ्गलबार, २९ पुस २०७६

काठमाडौँ । सीमा बचाउन अभियान नेपालले सुस्तासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । केही दिनअघि कालापानी र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेको अभियानले मंगलबार सीमा सहितको नक्सा सार्वजनिक गरेको हो । 

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी नक्सा सार्वजनिक गरेछि अभियानले सरकारलाई आधिकारी नक्सा सार्जजनिक गर्न माग समेत गरेको छ । अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्सा जारी गर्न माग गरे । वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्सा सार्जजनिक गर्न अलमल गरिरहेको भन्दै उनले सरकारको आलोचना समेत गरे । 

पूर्व सचिव द्वारिका ढुंगेलले नागरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजकि गर्न माग गरिएको बताए । 

प्रा.डा नरेन्द्र खनालले भारतले मेची क्षेत्रको सीमा विवादमा भारतले मानेको उल्लेख गर्दै पश्चिममा महाकाली क्षेत्रको सीमा विवाद र सुस्ताको विषय अझै समाधान नभएको बताए । 

वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले देशको भूमी एक इन्चपनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भूभागसहितको नक्शा सरकारले जारी गर्नुपर्ने माग गरे । 
अभियानको नक्शा समितिका सदस्य कमल बरालले तत्काल सरकारले कालापानी, लिम्पियाधुरा र सुस्तासहितको नक्शा सार्वजनिक गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप