बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँको साँखुमा भएको सवारी दुर्घटनामा १ को मृत्यु

मङ्गलबार, २९ पुस २०७६, १७ : १७
मङ्गलबार, २९ पुस २०७६

काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका-६ साँखुस्थित सडकमा बा.१६ च ८७७० नम्बरको स्कार्पीयो गाडी, बा.६४ प ६८०९ नम्बरको मोटरसाइकल र भारतीय बीआर ०६ पीडि ४०५९ नम्बरको स्कार्पीयो गाडी एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-७ घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका दक्षिण ढोका बस्ने २२ वर्षीय शिब सुनुवार रहेका छन् ।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सागर श्रेष्ठ सोही अस्पतालमा उपचार भइरहेको छ । 
मंगलबार बिहान भएको दुर्घटनाका दुबै स्कार्पियो गाडी चालकहरुलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप