शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले चीनमाथि लगाएको आरोप उल्टायो, व्यापार युद्धमा सहमति बन्ने संकेत

मङ्गलबार, २९ पुस २०७६, १६ : २१
मङ्गलबार, २९ पुस २०७६

एजेन्सी । अमेरिकाले चीनलाई मुद्रा हस्तक्षेपकारीको रुपमा प्रस्तुत गर्दै आएको थियो । अब भने अमेरिका उक्त निर्णयबाट पछि हटेको छ । 

दुई देशले व्यापार युद्धलाई कमी गर्ने तयारी गरिरहेको सन्दर्भमा यो कदम चालिएको विश्वास गरिएको छ । 

चीनले उसको मुद्रालाई अवमूल्यन नगर्ने सहमती जनाएकाले आफूले उक्त कदम चालेको अमेरिकाले बताइएको छ । विगतमा अमेरिकाले चीनमाथि आफ्ना सामान सस्तो बनाउन मुद्रा अवमुल्यन गर्ने गरेको आरोप लगाउने गरेको थियो । 

वाशिन्टन र बेइजिङबीच यो साता व्यापार युद्ध सम्बन्धमा ‘पहिलो चरण’को सम्झौतामा हस्ताक्षर हुने आकंलन गरिएको छ । 

सम्झौताले दुई देशबीच बदलापूर्ण भंसार बढाउने खेल रोक्ने उदेश्य राखेको छ । यो खेल २०१८ देखि सुरु भएको थियो । 

राष्ट्रपति डोनाल्ड ट्रम्प स्वायमले विभिन्न अबसरमा चीनले युवानमा ¥हास हुन दिएर चिनियाँ सामाग्री सस्तो पार्न खोजेको आरोप लगाउने गरेका थिए । 

तर सोमबार अमेरिकाले चिनियाँ मद्रा युवानको मुल्य अगष्टदेखि स्वभाविक रहेको टिप्पणी ग-यो । 

अमेरिकाको ट्रेजरी सेक्रेटरी(अर्थमन्त्रीको जिम्मेबारी हेर्ने) स्टेभेन नुचिनले ‘चीनले मुद्रा अवमुल्यन नगर्ने प्रतिबद्धता’ गरेको बताए । 

त्यस्तै चीनले आफ्नो विनियम दरबारेको सूचना दिन पनि सहमती जनाएको नुचिनले बताए । 

‘यो अवस्थामा ट्रेजरी डिपार्टमेन्टले चीनलाई मुद्रा हस्तक्षेपकारी(अवमूल्यकनकर्ता)को आरोप लगाइरहनु आवश्यक छैन ,’ ट्रेजरीले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप