‘उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा निराशा भैहाल्नुपर्ने अवस्था छैन’
एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले मंगलबार उत्तर कोरियासँगको सम्वन्धका बारेमा आशावादी धारणा व्यक्त गरेका छन् । दुई देश र अमेरिकाका बीचमा समेत केही समयदेखि कुराकानी हुन नसकेको भए तापनि चाडै नै नयाँ चरणमा छलफलहरु हुने विश्वास व्यक्त गरेका हुन् ।
नयाँ वर्षका अवसरमा राष्ट्रपति कार्यालय ब्लु हासउमा शुभकामना दिने क्रममा उनले दुई कोरियाको सम्वन्धमा केही कठिनाई भएपनि सुधार हुने बताए । वार्ताबाट नै आपसी सम्वन्ध सुधार्न सकिने र अब त्यसतर्फ फेरि आफूले जोड दिने उनले जानकारी दिए ।
राष्ट्रपति मुनले आफ्नो सरकार आपसी सम्बन्धहरु सकारात्मक ढंगले अगाडी बढ्छन् भन्ने विश्वासमै रहेको बताए । उनले दुई कोरियाबीचको आपसी सम्बन्ध र उत्तर कोरियासँग अमेरिकाको सम्वन्धमा निराशा भइहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
मुनको अग्रसरता र समन्वयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनको संयुक्त शिखर बैठक पनि सम्पन्न भएका छन् । गत दुई वर्षमा भएका तीन ओटा शिखर बैठकपछि सम्वन्ध सामान्य अवस्थामा रहेकाले यस बर्षपनि महत्वपूर्ण बैठकहरु हुन सक्ने अपेक्षा गरिएको छ ।
विगत लामो समयदेखि एक अर्कालाई कडा शत्रुका रुपमा हेर्दै आएका अमेरिका र उत्तर कोरियाले सम्वन्धलाई सुधार्दै नयाँ चरणमा लैजाने प्रयास हुँदै आएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण