शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुडविलले आफ्ना शेयरधनीलाई १० प्रतिशतको लाभांश दिने

मङ्गलबार, २९ पुस २०७६, १३ : ५८
मङ्गलबार, २९ पुस २०७६

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशतको लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लाभांश वितरण गर्न लागेको हो । मंगलबार राजधानीमा आयोजित २५ औं साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राजाराम जोशीले गत वर्षको तुलनामा कम्पनीले २७ प्रतिशतले निक्षप वृद्धि र २६ प्रतिशतले कर्जा वृद्धि गर्न सफल भएको जानकारी दिए । 
हाल कम्पनीको निक्षप छ अर्ब ८९ करोड ५६ लाख १३ हजार ७११ रुपैयाँ ८६ पैसा र कर्जातर्फ ५ अर्ब ९० करोड ३१ लाख २२ हजार ८ सय २४ रुपैयाँ ५८ पैसा पुगेको छ ।

यसै अवसरमा अध्यक्ष जोशीले निकट भविष्यमा नै कम्पनीले २५ करोड बराबरको २ लाख ५० हजार कित्ताको १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिभेन्चर २०८३ निस्कासन गर्ने जानकारी दिएका छन् । साथै २५ औं साधारणसभाले संस्थाको आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति समेत गठन गरेको छ ।

जस अन्तरगत शेयरधनीहरुको तर्फबाट सुधिरमान मास्के, दिलीपकुमार मुमार मुनकर्मी, जेनी जोशी तथा सर्वसाधारण शेयरधनीहरुबाट विश्व प्रकाश साखः पशुपति भक्त श्रेष्ठ , रमेश मल्ल निर्विरोध चयन भएका छन् ।  २५ वर्ष पुरानो गुडविलले हाल १६ वटा शाखा कार्यलयहरुबाट फाइनान्सिङ् सेवा संचालन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप